कोरोनाविरुद्ध राज्यको पौने चार अर्ब खर्च, सबैभन्दा बढी सेनाले लग्यो

काठमाडौं– कोरोनाभाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अर्थ मन्त्रालयबाट हालसम्म पौने चार अर्ब बजेट निकासा भइसकेको छ । यसमध्ये सबैभन्दा बढी नेपाली सेनाले लगेको छ । 

नेपाली सेनाले स्वास्थ्य सामाग्री तथा औषधि ल्याउनका लागि २ अर्ब ३४ करोड रुपैयाँ लगेको अर्थमन्त्रालयले जनाएको हो । योसँगै अब अर्थ मन्त्रालयबाट ३ अर्ब ८१ करोड कोरोनाका लागि भनेर बजेट निकालिएको छ ।

सेनाले लगेको भनिएको रकम अर्थ मन्त्रालयबाट रक्षा मन्त्रालयलाई दिइएको हो । त्यहाँबाट यसलाई सेनालाई दिइने बताइएको छ । यसअघि सरकारले सेनालाई कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याउन जिम्मेवारी दिइसकेको छ । त्यही अनुसार नै सेनाले यो रकम पाएको हो । 

सेनापछि अर्थबाट स्वास्थ्य मन्त्रालयले ९५ करोड रुपैयाँ कोरोनाभाइरसको शीर्षकमा लगेको छ । 

अनि अर्थबाट कोरोना कोषका लागि ५० करोड रुपैयाँ विनियोजन भएको छ ।

अहिलेसम्म कोरोना कोषबाट खर्च गरिएको रकम यही अर्थ मन्त्रालयबाट दिइएको रकम हो । कोरोना कोषमा अन्यत्रबाट पाइएको रकम अहिलेसम्म खर्च गरिएको छैन । 





  • प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार ५:२६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया