अभिताभले भने– भगवान अहिले अस्पतालमा छन्

मुम्बई– कोरोनाभाइरस महामारीसँग फ्रन्टलाइनमा रहेर लडिरहेका स्वास्थ्यकर्मीका लागि बलिउड अभिनेता अमिताभ बच्चनले विशेष सन्देश दिएका छन् । सामाजिक सन्जालमा एउटा पोस्ट राख्दै अमिताभले चिकित्सक तथा स्टाफ नर्सहरुलाई भगवानसँग तुलना गरेका हुन् । 

उनले नर्स, डाक्टर, अग्निनियन्त्रक, प्रहरी तथा सफाई गर्ने कर्मचारीलगायतका शब्दबाट गणेश भगवानको आकृति बनाएका छन् । अनि यसलाई समाजिक सन्जालमा राखेका छन् ।

अभिताभले डाक्टर र नर्सलाई जब भगवानको संज्ञा दिएका छन्, इन्स्टाग्राममा उनको पोस्ट केही समयमा नै २ लाखभन्दा बढीले मन पराएका छन् । 

उनले यो पोस्टमा क्याप्सन लेखेका छन्– कसले भन्छ कि भगवान भेटिँदैनन् ? अस्पातलमा हेर्न जानुहोस् !





  • प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार ५:२८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया