काठमाडौं– सर्वत्र विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । बिहीबार बिहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीबीच भएको छलफलमा उनले आफू अध्यादेश फिर्ता लिन तयार रहेको बताएका हुन् ।
सरकारले मंगलबार हठात् रुपमा ल्याएको अध्यादेशको पार्टीभित्र र बाहिरबाट समर्थन नभएपछि प्रचण्डले तत्काल स्थायी कमिटीको बैठक बोलाउन प्रस्ताव गर्दै विवादास्पद अध्यादेश तुरुनत फिर्ता लिन आग्रह गरेका थिए ।
यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले पनि राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर पार्टीभित्रको दुर्घटना टार्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
पार्टी नेताहरुको सुझाबपछि प्रधानमन्त्री ओलीले कानुनविदहरुसँग परामर्श गरेर अध्यादेश फिर्ता लिने वचन दिएको बालुवाटार स्रोतले भनाइ छ । संविधानको धारा ११४ (२) ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै वेलामा फिर्ता लिन सक्ने प्रावधान छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।