काठमाडौं– समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको नयाँ दल जनता समाजवादी पार्टीका नेताहरुले सभामुख अग्नि सापकोटालाई भेटेर पार्टी एकता भएको जानकारी दिएका छन् ।
समाभुख सचिवालय सिंहदरबार पुगेर नयाँ पार्टी जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, उपेन्द्र यादवलगायतले यो सूचना दिएका हुन् । उनीहरुले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको पनि जानकारी दिएका छन् ।
गत सोमबार राजनीतिक दल विभाजनका लागि खुकुलो बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ अध्यादेश ल्याएपछि यी दुई पार्टी टुटफुट भएर छिन्नभिन्न हुने खतरा भएको भन्दै बुधबार राति एकता गर्ने सम्झौतामा पुगेका थिए । सम्झौता भएपछि बिहीबार विहान दलका केही नेता निर्वाचन आयोग पुगेर पार्टी एकीकरणको सम्झौता भएको जानकारी दिए, नयाँ पार्टी दर्ता गर्न निवेदन दिए ।
निर्वाचन आयोगले नयाँ दल दर्ता भएको जानकारी गराएपछि संसद सचिवालयले उनीहरुका लागि बस्ने ठाउँ लगायतको व्यवस्था गर्नेछ ।
यी दुई पार्ट एक भएसँगै अब प्रतिनिधिसभामा दुवै पार्टीका गरेर ३४ सांसद भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।