काठमाडौं– सरकारका कदम र सरकारमा संलग्न नेताहरुबारे कडा टिप्पणी गर्दै आएका पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
सामाजिक सन्जाल फेसबुक र ट्विटरमा जथाभावी लेखेको आरोपमा उजुरी परेपछि उपाध्यायलाई बुधबार दिउँसो प्रहरीले उनको निवासबाट पक्राउ गरेको थियो ।
सोह्रखुट्टे प्रहरी प्रभागमा राखिएका उपाध्यायविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान गर्न लागिएको प्रहरीले जनाएको छ ।
उपाध्यायले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै लक्षित गरि विभिन्न स्टाटस लेख्न थालेका छन् ।
यो पनि पढ्नुहोस्ः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।