सेती अस्पतालमा ६५ वर्षीयाले जितिन् काेराेना, नेपालमा निको हुनेको संख्या १० पुग्यो

धनगढी — कैलालीको लम्कीचुहा नगरपालिका–१ की कोरोना संक्रमित ६५ वर्षीया महिला पनि निको भएर बिहीबार सेती प्रादेशक अस्पतालबाट डिस्चार्ज भएकी छिन् । सुदूरपश्चिममा देखिएका ५ जना संक्रमित बिरामीमध्ये निको भएर घर फर्किने उनी चौंथो बिरामी हुन् । 

वीरगञ्जबाट आएकी उनलाई वैशाख १ गते कोरोना पुष्टि भएपछि लम्कीमा रहेको क्‍वारेन्टाइनबाट सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो। अब सेती अस्पतालमा एकजना संक्रमित महिलामात्रै उपचारमा छिन् ।

उनको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ । उनमा विदेशबाट आएका आफ्ना देवरबाट संक्रमण सरेको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १० पुगेको छ । सेती अस्पतालबाट ४, टेकु अस्पतालबाट ३, पाटन अस्पतालबाट २ र बाग्लुङ अस्पतालबाट १ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।





  • प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार १८:४५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया