कतारी जेलमा रहेका १७ नेपालीलाई आममाफी

कतार– कतारका लागि नेपाली राजदूतावासले जनाएअनुसार कतार सरकारले कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको छ ।

कतारमा पछिल्लो समय कोरोनाभाइरसको महामारी फैलिन थालेको र कैदीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका हुन् । यसमा १७ जना नेपाली परेका छन् ।

दूतावासले फेसबुकमा एक पोस्ट राख्दै रिहा हुनेहरुमध्ये १३ जना लागूऔषध कारोबार, २ जना चोरी, एक जना मादक पदार्थ कारोबार र एक जनाले ठगीको कसुरमा सजायँ भुक्तान गरिरहेका थिए ।

कतारमा ७ हजार भन्दा धेरैमा कोरोनभाइरस संक्रमण देखिएको छ । त्यहाँ कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।





  • प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार २०:८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया