राष्ट्रपतिद्वारा विवादास्पद दुई अध्यादेश खारेज

काठमाडौं– अन्ततः राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दुई अध्यादेश खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।

सरकारले गत वैशाख ८ गते दल विभाजनलाई खुकुलो बनाउने र प्रतिपक्षी दलको नेता नभए पनि संवैधानिक परिषद्को बैठक बसी निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

दुवै अध्यादेशको नेकपाभित्र र राजनीतिक वृत्तमा व्यापक आलोचना भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषदले सिफारिसमा अध्यादेश खारेज गरिएको उल्लेख छ ।

 





  • प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार १६:५०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया