प्रधानमन्त्री ओली लोकतन्त्रको हत्या गर्न उद्यत : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमा पदमा बसिरहने नैतिक आधार समाप्त भएको बताएका छन् । शुक्रबार ट्विट गर्दै पौडेलले ओली लोकतन्त्रको हत्या गर्न उद्यत रहेको आरोप लगाएका छन् । 

सांसद अपहरण गर्ने मानवताविरोधी अपराधमा जोडिएपछि ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै नैतिक आधार नरहेको पनि टिप्पणी गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पौडेलले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् । 

नेता पौडेलले लेखेका छन्– बाध्य भएर अध्यादेश फिर्ता गर्नु कुनै बहादुरी हैन । जनताका अघि उभिएर जवाफ दिनुस् प्रधानमन्त्रीज्यू, सांसद अपहरण गर्ने मानवताविरोधी अपराध किन गर्नुभयो ? तपाईंका हात लोकतन्त्रको हत्या गर्न उद्यत छन्, प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै नैतिकता अब बाँकी छैन, अविलम्ब राजीनामा दिनुस् ।





  • प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार १८:३२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया