अमेरिकाले अरु देशलाई भेन्टिलेटर पठाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दैनिक गरिने प्रेस कन्फ्रेन्समा अमेरिकी सरकारले अमेरिकालाई फेरि पूर्ण रुपमा खोल्ने तयारी गरिरहेको बताएका छन् । अहिले कोरोनाभाइरस संक्रमण रोकथामका लागि अमेरिकाका अधिकांश ठाउँमा लकडाउन आह्वान गरिएकोछ । 

उनले पत्रकार सम्मेलनमा भनेका छन्, ‘अमेरिकीहरुले अझै पनि स्वच्छता, सतर्कता र सामाजिक दूरी बनाइराख्नु पर्छ र अनुहार ढाकिरहनु पर्छ ।’

ट्रम्पले शुक्रबार नै अमेरिकाले ल्याएको अर्को राहत प्याकेजमा हस्ताक्षर गरेका छन् । त्यहाँ कोभिड १९ का कारण ल्याइएको यो चौथों आर्थिक प्याकेज हो । 

यो कानुनअनुसार अब त्यहाँका अस्पतालहरुलाई ७५ अर्ब अमेरिकी डलर दिइँदैछ । 

अमेरिकाले ८ करोड मानिसहरुलाई आर्थिक राहत दिइसकेको पनि ट्रम्पले बताएका छन् । 

यतिमात्र होइन, अमेरिकाले अब आफ्नो सरकारले विदेशी देशहरुलाई भेन्टिलेटर उपलब्ध गराउने पनि बताएका छन् । कोरोनाभाइरस संक्रमितको उपचारमा भेन्टिलेटरको निकै ठूलो आवश्यकता हुन्छ ।



‘अब आवश्यक देशहरुलाई भेन्टिलेटर पठाउने हाम्रो क्षमता बढिसकेको छ,’ उनले भनेका छन्, ‘अब संघीय सरकारसँग १० हजार भेन्टिलेटर उपलब्ध छन् ।’

 



  • प्रकाशित मिति : बैशाख १३, २०७७ शनिबार ४:५९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया