काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पूर्वसचिव भीम उपाध्यायको रिहाइको माग गरेका छन् ।
उपाध्यायलाई केही दिनअघि प्रहरीले साइबर क्राइमअन्र्तगत मुद्दा चलाउनका लागि म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । उपाध्याय सोह्रखुट्टेको प्रहरी हिरासतमा छन् ।
यही विषयमा ट्विट गर्दै डा. बाबुराम भट्टराईले लेखेका छन्, ‘सरकारको आलोचना गर्ने पूर्वसचिव भीम उपाध्यायलाई साइबर अपराधको मुद्दामा थुन्ने !’ अनि उनले आफ्नो पार्टीका नेता डा. सुरेन्द्र यादवको ‘अपहरण’को प्रसंग थपेका छन्, ‘सरकारको आदेशमा अपरहण जस्तो जद्दन्य अपराध गर्ने पूर्व आइजिपीलाई चाहिँ अख्तियारको आयुक्तको पगरी दिने !’
यसलाई डा. भट्टराईले सरकारको भ्रष्ट मतिको संज्ञा दिएका छन् ।
सरकारको आलोचना गर्ने पूर्व सचिव@upadhyayabhimलाई साइबर अपराधको आरोपमा थुन्ने!सरकारको आदेशमा अपहरण जस्तो जघन्य अपराध गर्ने पूर्व आइजीपीलाई चाहिं अख्तियारको आयुक्तको पगरी दिने!ओलीसरकारको कस्तो भ्रष्ट मति!संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता कायम गर!भीम उपाध्यायलाई तुरून्त रिहा गर! pic.twitter.com/I3RX9Ns7Ta
— Baburam Bhattarai (@brb1954) April 25, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।