ओलीलाई फेरि ‘बलियो बनाउन’ गर्न प्रदेश ५ का मुख्यमन्त्री काठमाडौंमा !

काठमाडौं– राजनीतिक दल विभाजनका लागि सहज हुने र संवैधानिक निकायमा नियुक्ती गर्दा विपक्षी दलसँग कुनै सल्लाह नै नगर्ने गरि दुई अध्यादेश ल्याएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा एक्लिएका छन् ।

गएको सोमबार आएका यी दुई अध्यादेश फिर्ता भइसकेका छन् । पार्टीमा सचिवालय सदस्यहरुबाट पनि चर्को आलोचना भएपछि यी दुवै अध्यादेश फिर्ता भएका हुन् । यी अध्यादेश फिर्ता गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना रोकिएको छैन । 

यसैबीच प्रधानमन्त्री ओलीलाई सहयोग गर्न र राजनीतिक छलफल गरेर एक्लिएका अ‍ोलीलाई फेरि लयमा फर्काउन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल काठमाडौं आइपुगेका छन् । 

उनी शुक्रबार अबेर साँझ काठमाडौं आइपुगेको स्रोतको दाबी छ । 

‘शनिबार विहानबाट नै उहाँले राजनीतिक भेटघाट  सुरु गरिसक्नु भएको छ,’ नेकपाका एक केन्द्रीय सदस्यले फरकधारलाई बताएका छन्, ‘ईश्वर पोखरेल, विष्णु पौडेल र अरु केही नेताहरुसँग उहाँले छलफल गरिसक्नु भएको छ ।’

‘उहाँको खास उद्देश्य भनेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि पार्टीमा बलियो बनाउनु हो,’ उनले भने, ‘त्यही भएर हतारहतार काठमाडौं आउनु भएको उहाँ केही दिन यतै बस्नुहुन्छ होला । उहाँले माधवकुमार नेपालसँग समेत भेट्ने कार्यक्रम रहेको बुझेको छु ।’



शंकर पोखरेल नेकपामा प्रधानमन्त्री ओलीका ‘किचन क्याबिनेट’का नेता मानिन्छन् । त्यसैले पनि उनको काठमाडौं आगमनले नेकपामा अहिले बिग्रिएको समीकरणमा केही हेरफेर पक्कै ल्याउने छ ।
 

 



  • प्रकाशित मिति : बैशाख १४, २०७७ आइतबार १०:७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया