वीरगन्ज– लगातार ३ पटक र्यापिड टेस्टमा पोजेटिभ आएकी एक युवतीको थप उपचार गर्दागर्दै मृत्यु भएको छ । वीरगन्ज १० की २३ वर्षीया युवतीको आरडिटी टेस्टमा कोरोनाभाइरस पोजेटिभ देखिएपनि मृत्यु भएको हो ।
उनलाई ब्लड क्यान्सर यसअघि नै देखिएको थियो । तर, उनलाई कोरोनाभाइरसका लक्षण देखिएको थिएन । लक्षण नदेखिए पनि आरडिटी टेस्टमा पोजेटिभ आएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
वीरगन्जको तराई अस्पतालमा शनिबार भर्ना भएकी युवतीको आइतबार निधन भएको हो ।
अब उनको शवबाट स्वाब लिएर पिसिआर परीक्षण गरिने भएको छ ।
यसअघि पनि नेपालमा केही व्यक्तिहरुको आरडिटी पोजेटिभ देखिएको थियो । तर, पिसिआर परीक्षणमा कोभिड १९ नेगेटिभ देखिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।