चिनियाँ पत्रकारको दाबी– किम जङ उनको निधन भइसक्यो

एजेन्सी– उत्तर कोरियाली सर्वोच्च नेता किम जङ उनको स्वास्थ्यअवस्थाबारे विश्वभर पछिल्लो समय निकै धेरै अड्कलबाजीहरु गरिएका छन् । तर, अहिलेसम्म उनको अवस्था के हो भन्ने खुल्न सकेको छैन । केहीले उनको निधन भइसकेको दाबी गरेका छन् भने केहीले उनी कोमामा रहेको र अब जीवनमा नफर्किने दाबी गरेका छन् । 

यहीबीच हङकङ स्याटलाइट टेलिभिजनका सह–निर्देशक सिजियान सिन्ग्जोउले अत्यन्त बलियो स्रोतको हवाला दिँदै किमको निधन भएको दाबी गरेकी छन् । ३६ वर्षका किम मुटुको समस्याका कारण केही दिनयता उपचार गराइरहेका थिए । 

द डेली मेलमा प्रकाशित भएको समाचारअनुसार सिजियानका चिनियाँ सामाजिक सन्जाल विबोमा डेढ करोडभन्दा धेरै फलोअर्स छन् । अनि उनी चिनियाँ विदेशमन्त्रीकी भान्जी पनि हुन् ।

अर्कोतिर, जापानी मिडियाहरुले चाहिँ किम अहिले ‘भेजिटेटिभ स्टेट’मा रहेको बताएका छन् । उनी यही महिनाको सुरुवातमा अस्पतालमा भर्ना भएको पनि जापानी मिडियाको दाबी छ ।

तर, यी तानाशाह बिदामा बसेको अनुमान पनि अर्कोतिर गरिएको छ । उनले कोरोनाभाइरसबाट बच्नका लागि केही दिन बिराम भएको पनि केही मिडियाहरुले जनाएका छन् । 

अहिले उनी रहेको ठाउँमा एक रेल देखिएको पनि बताइएको छ । तर, उनी कहाँ छन् भन्ने एकिन हुन सकेको छैन । चीनले उनको उपचारका लागि केही चिकित्सक पठाइसकिएको पनि बताइएको छ ।
 



 



  • प्रकाशित मिति : बैशाख १४, २०७७ आइतबार ११:५८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया