डा. सुरेन्द्र यादवलाई अपहरण भएको भन्दै बाबुराम भट्टराई र उपेन्द्र यादव मुद्दा हाल्ने तयारीमा
फाइल तस्वीर ।

काठमाडौं– जनकपुरबाट काठमाडौं ल्याइएका समाजवादी पार्टीका उपाध्यक्ष तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गरि काठमाडौं ल्याइएको भन्दै समाजवादी पार्टीले मुद्दा हाल्ने तयारी गरेको छ । 

स्रोतका अनुसार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव टेकु प्रहरीमा उजुरी हाल्न पुग्दै छन् । उनीहरुले यस विषयमा कानुन व्यवसायीसँग छलफल गरिरहेको स्रोतले जानकारी दिएको छ । 

‘डा. यादवलाई जसरी काठमाडौं ल्याइयो,’ समाजवादी पार्टीका एक नेताले भनेका छन्, ‘त्यसलाई अपहरण नै भन्ने हाम्रो पार्टीको नै निष्कर्ष छ । त्यसैले मुद्दाको तयारी भएको हो, टेकु प्रहरीमा उजुरी केही बेरमा दिने तयारी छ ।’

डा. यादवलाई काठमाडौं ल्याउन नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी प्रमुख सवेन्द्र खनाल उनको घरमा नै पुगेका थिए । तर, यी तीनले आफूहरुले डा. यादवलाई अपहरण नगरेको बताउँदै आएका छन् । 
 

 





  • प्रकाशित मिति : बैशाख १४, २०७७ आइतबार १३:२५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया