नांगो भागबण्डाले त हंग पार्टी पो भएछ : सूर्य थापा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारमाथि घेराबन्दी भएको उल्लेख गरेका छन् । वर्तमान सरकारले सफल ढंगले काम गरिरहेको, तर पार्टीभित्र र बाहिरबाट घेराबनदी गरिएको उनको आरोप छ ।

सामाजिक सञ्जालमार्फत उनले कोरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरुद्ध जुधिरहेको सरकारविरुद्ध घेराबन्दी गरेर स्थिरताविरुद्ध चलखेल जारी रहेको बताएका हुन् । 

‘हंग पार्लियामेन्ट भयो भनेर नेपाली जनताले दुईतिहाइ संख्यामा नेकपालाई जिताइदिए, नांगो भागबण्डाले त हंग पार्टी पो भएछ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जनमतको घोर अपमान, भागबण्डाको स्वाभाविक परिणाम ।’





  • प्रकाशित मिति : बैशाख १४, २०७७ आइतबार १३:४३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया