अमेरिकामा मात्रै एक हजार नेपाली कोरोनाभाइरस संक्रमित, १० जनाको मृत्यु

काठमाडौं–  गत वर्ष डिसेम्बरको अन्त्यमा पहिलो पटक चीनको वुहानमा मानिसमा देखिएको कोरोनाभाइरस अहिले विश्वका लागि कहर बनेको छ । चीनले त अब विस्तारै यो भाइरसमाथि नियन्त्रण पाइसकेको छ । तर, युरोप र अमेरिकामा यसको मार निकै बढी देखिएको छ । 

पछिल्लो पटक युरोपमा कहर बनेको कोरोनाभाइरस अब अमेरिकामा बढी देखिएको छ । त्यहाँ झन्डै १० लाख मानिसमा कोरोनाभाइरस संक्रमण भएको छ । अनि यसका कारण ५४ हजार जनाले ज्यान गुमाइसकेका छन् । 

यसको प्रभाव अमेरिकामा बस्ने नेपालीलाई पनि निकै देखिएको छ । 

अमेरिकी सन्चारमाध्यमहरुमा आएका रिपोर्टहरुअनुसार अमेरिकामा १ हजारभन्दा बढी नेपाली कोरोनाभाइरस संक्रमित भएका छन् । यसमा सबैभन्दा बढी न्युयोर्कमा संक्रमित देखिएका छन् । न्युयोर्कमा अमेरिकाकै सबैभन्दा बढी संक्रमित पनि भेटिएका छन् । 

अनि अमेरिकामा कम्तिमा पनि १० जनाको कोरोनाभाइरसका कारण निधन भएको बताइएको छ । त्यसो त अमेरिकामा कोरोना जित्ने नेपालीको संख्या पनि अब बढ्दै छ ।
 

 





  • प्रकाशित मिति : बैशाख १४, २०७७ आइतबार १४:२७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया