भारतमा कोरोनाभाइरस संक्रमण रोकथामका लागि पहिलो चरणमा २१ दिनको लकडाउन २४ मार्चदेखि १४ अप्रिलसम्म गरिएको थियो । फेरि दोस्रो चरणमा १८ दिन गरिएको लकडाउन ३ मेमा सकिँदै छ ।
अब भारतमा प्रश्न उठ्न थालेको छ, लकडाउन लम्बिन्छ वा लम्बिँदैन ?
भारतको केन्द्र सरकारले यसबारे अहिलेसम्म केही पनि फैसला गरेको छैन । तर, त्यहाँका राज्यहरुले केन्द्र सरकारलाई लकडाउन लम्ब्याउन अनुरोध गरिरहेका छन् ।
यसअघि पनि राज्यहरुले गरेको अनुरोधमा केन्द्र सरकारले थप लकडाउन गरेको थियो ।
अब भारतको राजधानी नयाँ दिल्लीसहित अन्य ६ राज्यले लकडाउन बढाउन अनुरोध गरेका छन् । दिल्ली सरकारले त सरकारलाई थप १५ दिन लकडाउन लम्ब्याउन अनुरोध गरेको छ । त्यस्तै, महाराष्ट्र, मध्यप्रदेश, पश्चिम बंगाल, पन्जाब तथा ओडिशा राज्यले पनि १५ दिन लकडाउन अनुरोध गरेका छन् ।
अर्कोतिर, तेलंगानाले त यसअघि नै ७ मेसम्मका लागि लकडाउन बढाइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।