‘सांसद अपहरण’ आरोप लागेपछि म भए टिभीमा अन्तर्वार्ता दिन सक्दिनथेँः प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई ‘अपहरण’ गरेको आरोप लागेका नेकपाका सांसद र तथा पूर्वप्रहरी प्रमुखले टिभी र मिडियामा अन्तर्वार्ता दिँदै हिँडेकोमा आश्चर्य व्यक्त गरेका छन् । 

काठमाडौंबाट प्रसारण हुने एक टिभीमा नेकपाका सांसद तथा यो घटनामा संलग्न भनिएका महेश बस्नेतसँगै अन्तर्वार्ता दिन पुगेका पौडेलले बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले अन्तर्वार्ता दिँदै हिँडेकोमा आश्चर्य भएको बताएका हुन् । 

‘अब त यो कुरा प्रमाणित भइसक्यो,’ उनले भनेका छन्, ‘यस्तो प्रमाणित भइसक्दा पनि उहाँहरु कसरी आफूलाई डिफेन्ड गरिरहनु भएको छ, कसरी टिभी र सन्चारमाध्यमलाई अन्तर्वार्ता दिइरहनु भएको छ ?’

उनले थपेका छन्, ‘यस्तो गम्भीर आरोप र कदम प्रमाणित भइसक्दा पनि उहाँहरुले कसरी आफूलाई डिफेन्ड गर्न सक्नु भएको होला ?’

अर्कोतिर बस्नेत, श्रेष्ठ र खनालविरुद्ध प्रहरीमा उजुरी दिने तयारी जनता समाजवादी पार्टीका नेताहरुले गरेका छन् । 
 

 





  • प्रकाशित मिति : बैशाख १४, २०७७ आइतबार १४:५९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया