अनि जर्मनी कोरोनाभाइरसविरुद्ध अंकुश लगाउन सफल भयो

विश्वभर कहर मच्चाइरहेको कोरोनाभाइरसविरुद्धको युद्धमा जर्मनीले निकै राम्रो उदाहरण पेश गरेको भन्दै विश्वभर प्रशंसा भइरहेको हुन्छ । 

जर्मनीको आधिकारिक संस्थाहरुले जारी गरेको सूचनाअनुसार जर्मनीमा अहिलेसम्म कोरोनाभाइरसका कारण ५५०० जनाको निधन भएको छ । 

यो संख्या अमेरिका, बेलायत, स्पेन, इटाली, फ्रान्सको भन्दा निकै कम हो । यी पाँच देशमा त अहिलेसम्म कोरोनाभाइरसका कारण २० हजारभन्दा धेरै नागरिकको निधन भइसकेको छ ।

तर, जर्मनीमा पनि कोरोनाभाइरस संक्रमितको संख्या भने निकै धेरै छ । शनिबारसम्मको तथ्यांकलाई हेर्ने हो भने जर्मनीमा एक लाख ५६ हजारभन्दा धेरै संक्रमित भेटिएका छन् । 

जर्मन विदेश मन्त्रालयका एक शीर्ष अधिकारी एन्ड्रेइस मिसेलिसले यसलाई एउटा भाग्यको उपज भनेका छन् । तर, यो भाग्य पनि त्यहाँको सरकारका कारण आएको भाग्य भनेर उनले बताएका छन् । त्यहाँ आपतकालीन स्वास्थ्य सेवाहरु क्षमताभन्दा बढी राखेकाले यस्तो सम्भव भएको उनको तर्क छ ।

जर्मनीमा ४० हजार आइसियू बेड हुनु र तीस हजारभन्दा धेरै भेन्टिलेटर्स हुनुका कारण यो सम्भव भएको बताइएको छ ।



‘हाम्रो स्वास्थ्य सेवाको राम्रो विकासका कारण यस्तो भएको हो,’ मिसेलिसले भनेका छन्, ‘हाम्रो आवश्यकता भन्दा यसअघि हामीले गरेको बढी खर्च अहिले राम्रो भएको छ ।’

जर्मनीमा अब विस्तारै लगाइएको लकडाउन खोल्ने तयारी भएको बताइएको छ ।
 



 

  • प्रकाशित मिति : बैशाख १४, २०७७ आइतबार १८:४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया