बेलायतमा कोरोनाभाइरसका कारण एक लाखको मृत्यु हुने नयाँ अनुमान

काठमाडौं– बेलायतमा अहिलेसम्म कोरोनाभाइरसका कारण कम्तिमा पनि २२ हजार जनाको मृत्यु भइसकेको छ । तर, यो वर्षको अन्तिमसम्म बेलायतमा कोभिड १९ का कारण एक लाखभन्दा धेरै मानिसको मृत्यु हुनसक्ने नयाँ अनुमान आएको छ ।

यो सम्भावना बेलायतको इम्पेरियल कलेज लन्डनका वैज्ञानिकले एक शोध गर्दै निकालेका हुन् । तर, एउटा विशेष परिस्थितिमा मात्र यस्तो हुने अनुमान उनीहरुले गरेका छन् । 

शोधकर्ताले भनेको यस्तो परिस्थिति त्यहाँ सबैलाई लकडाउनमा छुट दिएको खण्डमा हुनसक्ने बताएका छन् । त्यहाँ वृद्ध तथा स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई सुरक्षित राखिनु पर्ने पनि बताइएको छ ।

यसबारे इम्पेरियलक कलेजका प्रोफेसर निल फग्र्यूसनले अलहर्ड वेबसाइटमा दिएको अन्तर्वार्तामा खतरा धेरै भएका व्यक्तिहरुलाई स्वास्थ्य उपचार मात्र नदिएर सकारात्मक कुरा पनि गर्नु पर्ने बताएका छन् । 

बिबिसीमा आइतबार प्रकाशित समाचारअनुसार संक्रमणको खतरा अहिले ८० प्रतिशत कम गरे पनि एक लाख मानिसको ज्यान जाने सम्भावना बढी छ । 

तर, के पनि बिर्सनु हुँदैन भने अहिले बेलायतमा लकडाउन आह्वान गरिएको छ । र, यो लकडाउन कहिले खुकुलो बनाइन्छ भन्नेबारे केही बताइएको छैन । 





  • प्रकाशित मिति : बैशाख १५, २०७७ साेमबार ०:२१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया