मसुराेकाे दालमा कालाेबजारी गर्ने दुई वीरगन्जमा पक्राउ

वीरगञ्ज– मसुरोको दाल कालोबजारी गरेको आरोपमा बारा-पर्सा औद्योगिक करिडोरका दुई उद्योगीसहित ५ जना पक्राउ परेका छन् । प्रहरीले उद्योगीहरू मोहनलाल चाचन, पवनकुमार झा र सुनिल शर्मा, सुरेश प्रसाद र सन्तोष झालाई पक्राउ गरेको हो ।

लकडाउनमा उनीहरूले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको प्रहरीले जनाएकाे छ । बाराको परवानीपुर गाउँपालिकको चैनपुरस्थित नारायणी मोर्डन पल्सेस इन्डष्ट्रिजका सञ्चालकहरु र प्रतिनिधि उनीहरुले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको जनगुनासो आएपछि प्रहरीले अनुगमन गरेर उनीहरुलाई पक्राउ गरेकाे हाे । 

‘तीन उद्योगले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको गुनासो आएपछि भएकाे अनुगमन टोलीको प्रतिवेदनको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं,’ डीएसपी गाैतम मिश्रले भने, ‘लकडाउन भन्दा अगाडि प्रतिकेजी ८० देखि ८५ रुपैयाँमा मसुरोको दाल बिक्री गर्ने गरेकोमा लकडाउनमा ९४ देखि ९८ रुपैयाँमा बिक्री गरेको पाइएको छ ।’





  • प्रकाशित मिति : बैशाख १५, २०७७ साेमबार ३:२८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया