एक मिटर लामो ह्याट लगाएर स्कुल फर्किए चिनियाँ नानीबाबु

एजेन्सी– सबैभन्दा पहिले कोरोनाभाइरस (कोभिड १९) देखिएको चीनमा अब जीवन सामान्य हुन थाल्दै छ । त्यहाँ सोमबारबाट केही सहरमा बालबालिकाहरु स्कुल फर्किन समेत थालेका छन् । 

सोमबार साङ्घाई र बेइजिङका केही स्कुलहरु खुलेका छन् । अब विस्तारै अरु स्कुलहरु पनि खुल्दै जाने चिनियाँ मिडियाले जनाएका छन् । 

साङ्घाइमा हाइ स्कुलमा मात्र विद्यार्थीहरुलाई पढाउन थालिएको छ । बेइजिङमा पनि हाइस्कुलमा विद्यार्थीहरु गाओकाओ परीक्षाको तयारीका लागि स्कुल जान थालेका हुन् । यो परीक्षा चीनमा अत्यन्त कडा परीक्षा मानिन्छ ।

चीनका विभिन्न ठाउँमा बन्द भएका र अनलाइन कक्षा चलाएका स्कुल तथा अन्य शिक्षण संस्था गत सातादेखि मात्र खुल्न थालेका हुन् । चीनको वुहानमा, जहाँ पहिलो पटक कोरोनाभाइरस मानिसमा देखिएको थियो, स्कुलहरु ६ मेबाट मात्र खुल्दै छन् । 

एउटा प्राइमरी स्कुलमा चाहिँ विद्यार्थीहरुले ‘एक मिटर ह्याट’ लगाएर गएको मिडियाहरुमा समाचार आएका छन् ।
 





  • प्रकाशित मिति : बैशाख १५, २०७७ साेमबार ११:३२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया