दुबई– साउदी अरबमा अब गैरवयस्कलाई अर्थात् बालबालिकालाई उनीहरुको अपराधका लागि फाँसी सजाय दिइने छैन । साउदीको मानवाधिकार आयोगले साउदी राजा सलमानको हवाला दिँदै यो बताएको हो ।
दुई दिन पहिले मात्र साउदीमा कोर्रा हान्ने सजायलाई अब प्रतिबन्ध लगाउने फैसला गरेको थियो ।
बालअधिकारलाई लिएर संयुक्त राष्ट्रसंघको महासन्धीमा साउदीले हस्ताक्षर गरेको छ । यही महासन्धीका अनुसार अब त्यहाँ बालबालिकालाई अपराधका लागि फाँसी नदिइने बताइएको हो ।
मानवअधिकार कार्यकर्ताले बारम्बार मानवअधिकारको सन्दर्भमा साउदी निकै खराब भएको बताउँदै आएका थिए ।
मानवाधिकार समूह एमनेस्टी इन्टरनेसनका अनुसार सन् २०१९ मा साउदीमा १ सय ८४ जनालाई फाँसीको सजाय दिइएको थियो । एम्नेस्टीले यीमध्ये एक जना १४ वर्षभन्दा कमका व्यक्ति रहेको पनि जनाएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।