बाबुराम भट्टराईविरुद्ध युवा संघले दिन लागेको उजुरी पनि लिएन प्रहरीले

काठमाडौं– समाजवादी पार्टीका सांसद तथा पूर्वराज्य मन्त्री डा. सुरेन्द्र यादव प्रकरणमा जथाभावी र आँच पुग्ने गरि आफ्ना नेताहरुमाथि सामाजिक सन्जालमा लेखेको भन्दै उजुरी दिन पुगेको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संघको उजुरी पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरिदिएको छ । 

युवा संघका नेताहरु सोमबार दिउँसो प्रहरी परिसरमा पुगेर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, समाजवादी पार्टी प्रचार विभागका उपप्रमुख विश्वद्विप पाण्डे, हिसिला यमीलगायत नेताहरुविरुद्ध उजुरी दिन पुगेका थिए । 

महानगरीय प्रहरी परिसरले उजुरी लिन नमानेको यी नेताहरुले बताएका छन् । 

यसअघि आफूलाई अपहरण गरिएको र ज्यान बन्धकमा राखिएको किटानी जाहेरी लिएर डा. सुरेन्द्र यादव नवगठित दल जनता समाजवादी पार्टीका नेताहरुसँग प्रहरी कार्यालय पुगेका थिए । उनीहरुलाई पनि प्रहरीले उजुरी नलिने भन्दै फिर्ता पठाइदिएको थियो ।

 





  • प्रकाशित मिति : बैशाख १५, २०७७ साेमबार २०:४५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया