ट्रम्पले भने– किमबारे मलाई थाहा छ तर भन्दिनँ

एजेन्सी– उत्तर कोरियाली सर्वोच्च नेता किम जङ उनको स्वास्थ्यबारे विश्वमा पछिल्ला केही दिन निकै धेरै अड्कलहरु गरिएका छन् । कतिपयले त किमको निधन भइसकेको पनि बताउन थालेका छन् । 

यहीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई किमबारे थाहा भएको तर यस विषयमा कसैलाई पनि नबताउने बताएका छन् । 

उनले किम जीवित रहेको बताएका छन् । ‘मलाई किम र उनको स्वास्थ्यबारे राम्रोसँग थाहा छ,’ ट्रम्पले भनेका छन्, ‘तर म यसबारे अहिले कसैलाई पनि केही बताउँदिनँ । अहिले त उनी ठिक होउन् भन्ने कामना मात्र गर्छु ।’ ह्वाइट हाउसमा भएको मिडिया बिफ्रिङमा उनले अब पत्रकारहरुलाई पनि छिट्टै उनको अवस्थाबारे जानकारी हुनेन बताएका छन् ।
 





  • प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार १०:५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया