सरकारविरुद्ध तीन विपक्षी दल आक्रामक

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित तीन राजनीतिक दलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चिँदै सर्वसत्तावादतर्फ अग्रसर भएको ठहर गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो बसेको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी रराष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठकले स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध एकताबद्ध भएर संघर्ष गर्ने निर्णय पनि गरेको छ ।

कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा सरकार र स्वयं प्रधानमन्त्रीले नै अन्य राजनीतिक दल विभाजन गर्न अध्यादेश ल्याउनेमात्र नभई सांसद अपहरणमा अप्रत्यक्ष संलग्नता देखिएको विश्लेषण गर्दै तीन दलले सरकार सञ्चालनको नैतिक धरातल प्रधानमन्त्रीले गुमाएको निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्रीको हैसियतमा केपी ओलीलाई पदमा एक मिनेट पनि बस्ने नैतिक अधिकार नभएको धारणा बैठकमा सहभागी नेताहरुले राखेका थिए ।

बुधबारदेखि कांग्रेसको केन्द्रीय समिति बैठक भएकाले त्यसपछि मात्र प्रधानमन्त्रीको राजीनामाको विषय उठाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।

 





  • प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार १०:१२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया