दुई जना कोरोनाभाइरस संक्रमित भेटिएपछि रौतहटका दुई गाएँ सिल गरिएका छन् । स्थानीय प्रशासनले यी दुई गाउँ सिल गर्ने निर्णयको गरेको सूचना प्रकाशन गर्दै जानकारी दिएको हो ।
जिल्ला प्रशासन कार्यालयले रौतहटको वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिकाक १ को नहरटोललाई चार किल्ला तोकेर मानिस आउन र जान प्रतिबन्ध लगाएको हो ।
यो सिल अर्को सूचना प्रकाशन नभएसम्मका लागि गरिएको बताइएको छ ।
रौतहटमा आज दुई जना कोरोनाभाइरस संक्रमित भेटिएपछि अब नेपालमा कूल संक्रमितको संख्या ५४ पुगेको छ । नेपालमा अहिलेसम्म १६ जान ठिक भएर घर फर्किइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।