चिनियाँ काम नलागेपछि भारतले अब आफैं र्‍यापिड टेस्ट किट बनाउने

एजेन्सी– भारतका स्वास्थ्यमनत्री डा. हर्षवर्धनले कोरोनाभाइरस संक्रमणको जाँचका लागि चाहिने परीक्षण किट अब भारतले नै बनाउने बताएका छन् । उनले मे महिनाको अन्त्यसम्म भारतमा यो किट बनिसक्ने बताएका छन् । 

यो बनाएसँगै भारतमा कोरोनाभाइरस परीक्षण दैनिक एक लाख जनामा गरिने पनि उनले दाबी गरेका छन् । 

मंगलबार उनले यस्तो बताउनुको कारण चाहिँ भारतले चीनबाट ल्याउने सबै र्यापिड टेस्ट किटले राम्रो काम नगरेको भन्नु हो । भारतले यसअघि नै चीनबाट खरिद गर्न लागेका सबै र्यापिड टेस्ट किटको मागलाई रद्द गरिदिएको छ ।
 

 





  • प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार २२:४०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया