बहराइनमा एकै दिन ७७ नेपाली कोरोनाभाइरस संक्रमित

काठमाडौं– नेपालमा खासै नफैलिए पनि कोरोनाभाइरस (कोभिड १९) विदेशमा रहेका नेपालीका लागि ठूलो कहर बनिसकेको छ । केही दिनअघि मात्र विश्वभर ३६ जनाभन्दा बढी नेपालीले कोरोनाभाइरसका कारण ज्यान गुमाएको तथ्यांक आएको थियो ।

यीमध्ये १० जना अमेरिकामा र २३ जना बेलायतमा भएको बताइएको थियो । 

नेपालमा कोरोनाभाइरसका कारण नेपालीले ज्यान नगुमाए पनि विदेशमा नेपालीका लागि ठूलो समस्याका रुपमा कोरोनाभाइरस देखिएको छ । मंगबालरमात्र बहराइनमा ७७ जना नेपालीमा कोरोनभाइरस संक्रमण देखिएको छ । यो नै एउटा देशमा एकै दिन सबैभन्दा बढी नेपालीलाई कोरोनाभाइरस संक्रमण देखिएको हो । 

बहराइनका लागि नेपाली दूतावासले जनाएअनुसार त्यहाँ ४ कम्पनीमा काम गर्ने ७७ नेपालीलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो ।

अब बहराइनमा कोरोनाभाइरस संक्रमण हुने नेपालीको संख्या १ सय २६ पुगेको छ ।
 

 





  • प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार २३:३०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया