ट्रम्पले फेरि झुट बोले– युवाहरुलाई कोरोनाभाइरसले खासै केही गर्दैन

एजेन्सी– कोरोनाभइरस महामारी फैलिएपछि अमेरिकी राष्ट्रपति बारम्बार विवादमा तानिँदै आएका छन् । कहिले कुन औषधीले ठिक हुन्छ भनेर त कहिले यो भाइरस चीनले ल्याबमा बनाएको हो भनेर उनले हचुवाका भरमा अभिव्यक्ति दिइरहेका छन् । 

अब मंगलबारको प्रेस बिफ्रिङमा पनि अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि जस्तै अमेरिकामा स्कुल तथा कलेजहरु खोल्ने बताएका छन् । उनले युवाहरुलाई कोरोनाभाइरसले केही गर्न नसक्ने भन्दै यस्तो बताएका हुन् । 

‘युवाहरुलाई खासै केही हुँदैन भन्ने हामीले थाहा पाएका छौँ,’ उनले भनेका छन्, ‘त्यसैले अब हामीले स्कुलहरु खोल्दा हुन्छ होला ।’

उनले हिजोमात्र पनि स्कुलहरु खोल्नु ठिक हुने बताएका थिए ।

कोरोनाभाइरसका कारण अमेरिकामा युवाहरुमाथि ठूलो प्रभाव त देखिँदैन तर त्यहाँ पनि युवाहरु यसका कारण अस्पताल भर्ना भएका छन् । 

यही महिनाको सुरुवातमा कनक्टिकटमा अमेरिकाको सबैभन्दा कम उमेरका ६ साताको बच्चाको निधन कोभिड १९ कारण भएको थियो । 
 



 



  • प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार ४:४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया