आज नेकपा सचिवालय बैठक, तीन नेता, तीन दाउ

काठमाडौं– मंगलबार नै बस्ने भनिएको नेकपा सचिवालय बैठक अन्तिम समयमा रद्द भएको थियो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आफ्नो गुटको छुट्टै छलफलमा व्यस्त भएपछि यो बैठक रद्द गरिएको बताइएको छ ।

यहीबीच बालुवाटारमा मंगलबार भएको नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि आज अर्थात् बुधबार नेकपा सचिवालय बैठक बस्दै छ ।

अहिले जटिल मोडमा आइपुगेको नेकपाको यो सचिवालय बैठकलाई विशेष प्राथमिकताका साथ हेरिएको छ ।

साँझ पाँच बजे बस्ने भनिएको यो बैठकमा अध्यक्षहरु ओली र प्रचण्ड, नेकपा वरिष्ठ नेता माधवकुमार नेपालका आआफ्नै दाउ छन् । किनकि यी तीनै नेता अहिले सांसदहरुलाई आफ्नो पक्षमा ल्याउन प्रयासरत छन् । उनीहरुले हस्ताक्षर अभियानसमेत चलाएको बुझिएको छ । 

यो बैठकमा प्रचण्ड नेपालले तत्काल स्थायी समिति बैठक बोलाउन ओलीलाई दबाब दिनेछन् । तर, ओली यसलाई टार्न चाहरिहेका छन् ।
 

 





  • प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार ५:११:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया