अमेरिकी रक्षा मन्त्रालयले जारी गर्यो ‘युएफओ’को भिडियो

अमेरिकी रक्षा मन्त्रालयले हावामा देखिने पहिचान नभएका वस्तुको तीन भिडियो सार्वजनिक गरेको छ ।

अनआइडेन्टीफाइड फ्लाइङ अब्जेक्ट्स भनिने यो वस्तु के हो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । 

पेन्टागनले आफ्नो आधिकारिक विज्ञप्तिमा भनेको छ कि यसबारे गलत भ्रम र धारणा मेटाउनका लागि यो भिडियो सार्वजनिक गरेको हो । 

यी भिडियो सन् २००७ र २०१७ मा नै बाहिर त आएको थियो । त्यसपछि यसबारे विभिन्न अड्कलबाजी गरिँदै आइएको थियो ।

केहीले यो वास्तवमै भएको भनेका थिए भने केहीले यसलाई अफवाहको संज्ञा मात्र पनि दिएका थिए । पेन्टागनले चाहिँ अब यो भिडियो सार्वजनिक गर्दै यसलाई वास्तविक बताएको छ ।

यीमध्ये दुई भिडियोयसअघि न्युयोर्क टाइम्समा प्रकाशन भएको थियो । अर्को एक भिडियो गायक टम डिलग्नको संस्थाले लिक गरेको थियो । 



पहिलो पटक यो भिडियो आउँदा यसमा एलियन (अर्कै ग्रहमा बस्ने जीव) देखिएको दाबी गर्दै आइएको थियो । 
 

 



  • प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार ५:२२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया