Tue, 26 May, 2020


थर्मल गनमा कालोबजारी आरोप लागेका अग्रवालविरुद्ध अदालतमा मुद्दा दायर
फरकधार / बैशाख १६, २०७७

काठमाडौं– शंकर ग्रुपका मालिक तथा जगदम्बाका सन्चालक सुलभ अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।



२५ चैतमा तीन हजार पर्ने ज्वरो नाप्ने यन्त्र थर्मल गन १५ हजारमा बेच्दै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो । 

सरकारी वकिल कार्यालयले एक वर्ष ६ महिनासम्मको कैद सजाय र १० लाख जरिवाना माग गर्दै मुद्दा दायर गरेको हो । अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक वाणिज्यदूत भएकाले अरुभन्दा उनलाई ६ महिना बढी कैद सजाय माग भएको हो ।
 

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्