रुसमा पनि पुग्न लागे एक लाख कोरोना संक्रमित, पुटिन स्वीकारे कमजोरी
फरकधार / १७ बैशाख, २०७७

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा कोरोनाभाइरससँग बच्नका लागि पिपिईको अभाव भएको स्वीकार गरेका छन् । उनले यसको उत्पादन आफूहरुले बढाएको तर आवश्यकता पूरा हुन नसकेको बताएका छन् ।

‘पहिलेको तुलनामा हामीले उत्पादन बढाएका छौँ,’ उनले भनेका छन्, ‘तैपनि अझ माग पूरा हुन सकेको छैन ।’

उनले आफ्नो कमजोरी स्वीकार गर्ने बताउँदै उत्पादन तथा आयातमा वृद्धि भए पनि अहिले सबै कुराहरु कमी देखिएको बताएका छन् । अहिले प्रत्येक दिन एक लाख पिपिई तयार भए पनि नपुगेको स्वीकार गर्दै पुटिनले भनेका छन्, ‘अब हामी प्रत्येक दिन ८५ लाख मास्क बनाउँदै छौँ ।’

पुटिनले रुसमा अहिले कोरोनाभाइरसको संक्रमण दर उच्चतम बिन्दुमा नपुगेको भन्दै सतर्क रहन आवश्यक भएको पनि बताएका छन् । 

अनि रुसले देशमा लकडाउन ११ मेसम्म बढाएको छ । 

रुसमा अहिलेसम्म कोरोनाभाइरस संक्रमित ९३ हजार पुगेका छन् । कोभिड १९ का कारण रुसमा ८ सय ६७ जनाको निधन भइसकेको छ ।
 

 

  • प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार ८:१७:३०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया