प्रधानमन्त्री–सभामुख भेटवार्ता, आगामी बजेटका विषयमा छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटमा आगामी बजेटका विषयमा छलफल भएको बुझिएको छ । प्रधानमन्त्री र सभामुखबीच संघीय संसदको बजेटबारे छलफल भएको सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए ।

उनीहरुबीच बजेट अधिवेशन बोलाउने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको थियो ।

संविधानमा जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ । सोहीअनुसार सरकारले कोरोना कहरकै बीच बजेट ल्याउने तयारी गरेको छ । 





  • प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार १०:४३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया