Mon, 25 May, 2020


कोरोनाभाइरसः चीनले रद्द गर्‍यो २०२० बोआओ फोरम
फरकधार / बैशाख १८, २०७७

कोरोनाभाइरसको महामारीका कारण विश्वभरका विभिन्न सम्मेलनहरु रद्द हुने क्रम चलिरहेको छ ।



यसैबीच कोरोनाभाइरसका कारण २०२० को बोआओ फोरम रद्द गर्ने चीनले फैसला गरेको छ । यसलाई एशियामा दावोसको वल्र्ड इकोनोमिक फोरमको समकक्ष कार्यक्रम मानिन्थ्यो । 

फोरमको वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै यो फोरम अगाडि बढाउन नसकिने भन्दै जानकारी दिइएको छ । त्यस्तै यो महामारीमा चीन सरकार, फोरमका सदस्य तथा अन्य देशहरुलाई अटुट समर्थनको पनि सराहना गरिएको छ । 

यो फोरमको वार्षिक सम्मेलन २४–२७ मार्चमा गरिने तय भएको थियो । त्यति बेला यो स्थगित गरिएको थियो । अब चाहिँ यो फोरम रद्द भएको छ ।
 

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्