रामचन्द्र पौडेललाई जापान सरकारको उत्कृष्ट विभूषण

काठमाडौं– नेपाली काङ्ग्रेसका नेतालाई यस वर्ष जापान सरकारले आफ्नो उत्कृष्ट अवार्डबाट सम्मान गर्ने निर्णय गरेको छ । जापान सरकारले वर्षेनी दिँदै आएको ग्राण्ड कार्डन अफ दी अर्डर अफ दी राइजिङ सन अवार्ड पौडेललाई दिने निर्णय गरेको हो । 

जापान सरकारले कांग्रेसका वरिष्ठ नेता पौडेललाई यो अवार्ड दिन लागेको जापानस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । 

जापान सरकारले बिहीबार यो निर्णय गरेको हो । नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत यस्तो विभूषण प्रदान गर्ने निर्णय गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

पौडेलले सभामुख भएको बेलामा जापान(नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरूका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले उनलाई सो अवार्ड अवार्ड प्रदान गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
 

 





  • प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार १३:५८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया