विद्युत् र इन्टरनेटको शुल्कमा छुट, असारसम्म जरीवाना नलाग्ने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले मासिक १ सय ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई विद्युत् महसुलमा २५ प्रतिशतसम्म छुट दिने बताएको छ । 

मासिक २५० युनिट खर्च गर्नेलाई चाहिँ विद्युत् प्राधिकरणले १५ प्रतिशत छुट दिने बताएको हो ।

लकडाउन भएकाले अहिलेको अवधिमा सहुलियत दिन सरकारले इन्टरनेट सेवा प्रदायकलाई पनि अनुरोध गरेको छ ।

विद्युत्, खानेपानी, टेलिफोन तथा इन्टरनेटको फागुनयता जेठसम्मको महसुल भुक्तानी असार मसान्तसम्म बुझाउँदा पनि विलम्ब शुल्क नलगाउन र जरीवाना नगर्न पनि सरकारले निर्देशन दिएको छ ।

त्यस्तै, इन्टरनेट सेवा प्रदायकलाई पनि यो अवधिमा शुल्क तिर्न नसके ग्राहकको लाइन नकाट्न सरकारको निर्देशन रहेको छ ।
 

 





  • प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार १८:४६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया