अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आज आएको अभिव्यक्तिलाई चीनले खारेज गरिदिएको छ । योसँगै अमेरिकी राष्ट्रपति निर्वाचनमा दख्खल दिने आफ्नो कुनै रुचि नभएको पनि चीनले बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तर्वार्तामा भनेका थिए कि चीनले उनलाई नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा हराउन सबै तरिका अपनाउन सक्छ ।
चीनले अमेरिकामा सहजै व्यापार गर्नका लागि यस्तो गर्न सक्ने अभिव्यक्ति उनले दिएका थिए ।
तर, अब चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सअनुसार चीनका राष्ट्रपति सी जिनपिङले यो अभिव्यक्तिलाई खारेज गरिदिएका छन् । उनले अमेरिकी चुनावमा आफूहरुलाई कुनै चासो नभएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।