बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोभिड १९ लाई जितेपछि पहिलो पटक कोरोनाभाइरस महामारीबारे बताउन मिडियासामु देखा पर्दैछन् ।
उनी २७ मार्चमा कोरोनाभाइरस संक्रमित भेटिएका थिए । त्यसको १० दिनपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उनलाई ४ दिन आइसियुमा पनि राखियो । उनी एक महिनादेखि सार्वजनिक रुपमा देखिएका छैनन् ।
२७ अप्रिलदेखि काममा फर्किएका बोरिसले पहिलो पटक बिहिबार त्यहाँको क्याबिनेट बैठक पनि गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।