रुसी प्रधानमन्त्रीले राष्ट्रपतिलाई भने– मलाई कोरोना भयो

रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले आफूलाई कोरोनाभाइरस संक्रमण भएको जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिएका छन् । 

रुसी टिभीमा यो दृश्य र भिडियो प्रसारण गरिएको छ ।

‘राष्ट्रपतिज्यू, भर्खर गरिएको कोरोनाभाइरस परीक्षणमा मलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भयो,’ उनले भने, ‘अब मैले आइसोलेसनमा आफूलाई राख्नु पर्छ र चिकित्सकका कुराहरु मान्नुपर्छ ।’

पुटिनले उनलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘तपाईंलाई जे भयो, त्यो जसलाई पनि हुनसक्छ,’ पुटिनले भने, ‘मैले यो यसअघि पनि भन्दै आएको छु ।’

पछिल्लो तथ्यांकअनुसार रुसमा एक लाखभन्दा धेरै मानिसलाई कोरोनाभाइरस संक्रमण भएको छ भने एक हजारभन्दा धेरैको मृत्यु कोभिड १९ का कारण भएको छ ।
 



 



  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार ०:४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया