कोरोना संक्रमित १० लाख निको हुनुको अर्थ के ?

विश्वभर कोरोनाभाइरस (कोभिड १९) संक्रमतिको संख्या अब ३२ लाखभन्दा धेरै भएको छ । र, यीमध्ये १० लाखले स्वास्थ्यलाभ गरेर सामान्य जीवन यापन गर्न थालिसकेका छन् । 

आखिर यो १० लाख मानिस ठिक हुनुको अर्थ के हो त ? 

यसको अर्थ हो, कोभिड १९ को मृत्युदर अत्यन्त कम छ । यसलाई अझ के बुझ्न सकिन्छ भने कोरोना संक्रमित ३२ लाखमध्ये अधिकांश ठिक हुनेछन्, निको हुनेछन् ।

तर, उनीहरु ठिक हुन केही लामो समय लाग्न चाहिँ सक्छ । प्रश्न स्वभाविक छ, कति मानिसहरु ठिक होलान् त ? यो मृत्युदरमा निर्भर रहने कुरा पनि निश्चित छ । मेडिकल जर्नल द लान्सेटका अनुसार कोभिड १९ को मृत्यु दल इन्फ्लुएन्जाभन्दा ०.१ प्रतिशत बढी र सार्सभन्दा ९.५ प्रतिशत कम छ । लान्सेट जर्नलले क्रुज सिपमा चाहिँ परीक्षणको अभावमा मृत्यु दल एक प्रतिशतको नजिक भएको बताएको छ । 

त्यसो त अहिले कोरोनाभाइरस फैलिएका सबै देशमा फरक फरक तरिकाले पनि मापन गरिएको छ । विश्वभर जहाँ कोरोनाभाइरसको लक्षण देखिएको छ र त्यहाँ परीक्षण पनि भएको छ, त्यहाँ मृत्यु दर एक प्रतिशतभन्दा बढी छ ।

नेपालमा चाहिँ अहिलेसम्म ५७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । अनि नेपालमा मृत्यु दर शून्य प्रतिशत छ । ५७ जनामध्ये १६ जना त निको भएर फर्किइसकेका छन् । अन्यको अवस्था पनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाउँदै आएको छ ।
 





  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार १०:२९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया