चीनमा फेरि देखिए कोरोनाभाइरस संक्रमित

चीनमा फेरि नयाँ कोरोनाभाइरस संक्रमित देखिएका छन् । चीनले पछिल्लो समय कम्तिमा पनि लक्षणसहित १२ जना कोरोनाभाइरस संक्रमित भेटिएको जनाएको छ । यो अघिल्लो दिनको भन्दा केही बढी हो । अघिल्लो दिन त्यहाँ जम्मा ४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो ।

तर, यी १२ जनामध्ये आधाभन्दा बढी रुसबाट फर्किएका थिए । पछिल्लो समय चीनमा कोरोनाभाइरस संक्रमितहरु बढी रुसबाट फर्किएकामा र रुसी सीमामा देखिएका छन् ।

अब चीनमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ हजार ८ सय ७४ पुगेको छ । तर, यीमध्ये ९० प्रतिशतभन्दा बढी ठिक भइसकेका छन् । 

हिजो मात्र चीनमा २४ नयाँ लक्षण नदेखिएका कोरोनाभाइरस संक्रमित पनि देखिएका थिए ।

तर, केही दिनयता चीनमा कोभिड १९ का कारण कसैको पनि मृत्यु भएको छैन । अब त्यहाँको मृत्यु संख्या ४ हजार ६ सय ३३ पुगेको छ ।
 

 





  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार १०:३४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया