क्वारेन्टाइनमा रहेका किशोरले गरे आत्महत्या

काठमाडौं– काठमाडौंबाट उदयपुर गई क्वारेन्टाइनमा बसेका एक किशोरले आत्महत्या गरेका छन् । उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ७ राजाबासस्थित जनता क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएका रौतामाई ७ गुराँसेका १८ वर्षीय सुमन विकले आत्महत्या गरेका हुन् । 

गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काकाअनुसार विक प्रेम विवाह गरेर काठमाडौ पुगेका थिए । लकडाउनको समय गाउँ फर्किएपछि उनलाई वैशाख ११ गतेबाट क्वारेन्टाइनमा राखिएको थियो । 

श्रीमती सुतिरहेको समयमा श्रीमतीकै सल पासो लगाएर उनले बिहीबार राति झ्यालमा झुण्डिएर आत्महत्या गरेका हुन् ।  उनीसहित ८ जनालाई जनता क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । 

अहिले पोष्टमार्टमको लागि उनको शव जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएके छ । 





  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार १०:३६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया