काठमाडौं– कोरोना संकटका कारण अमेरिकी डलरको मूल्य घट्दै गएको छ । केही हप्ता अघिसम्म १२३ रुपैयाँ भन्दा माथि पुगेको डलरको मूल्य घटेर अहिले १२० रुपैयाँको हारहारीमा आएको छ ।
बिहीबार १२१ भन्दा माथि रहेको डरको बिक्री मूल्य घटेर शुक्रबार १२०.४८ रुपैयाँमा सीमित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार शुक्रबार डलरको खरिददर पनि ११९.८८ रुपैयाँमा झरेको छ । गत आइतबार १२२ रुपैयाँभन्दा बढी रहेको डलरको मूल्य आजसम्म आउँदा १२० को हारहारीमा झरेको हो ।
डलरको मूल्यः साप्ताहिक उतार–चढाव
आइतबार
बिक्री मूल्य–१२२.६३, खरिद मूल्य–१२२.०३
सोमबार
बिक्री मूल्य– १२२.६३, खरिद मूल्य– १२२.०३
मंगलबार
बिक्री मुल्य– १२२.२९, खरिद मूल्य– १२१.६९
बुधबार
बिक्री मूल्य– १२२.२१, खरिद मूल्य– १२१.६१
बिहीबार
बिक्री मुल्य–१२१.४१, खरिद मूल्य– १२०.८१
शुक्रबार
बिक्री मूल्य– १२०.४८, खरिद मूल्य– ११९.८८
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।