नेपालमा थपिए २ कोरोनाभाइरस संक्रमित, संक्रमित संख्या ५९ पुग्यो

नेपालमा थप दुई जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण देखिएको छ ।

स्वास्थ्यमन्त्रालयले शुक्रबार दिउँसो दिएको जानकारीअनुसार नेपालमा २५ वर्षका पुरुष र ६० वर्षका पुरुषमा कोरोनाभाइरस संक्रमण देखिएको हो । 

उनीहरु क्रमशः रुपन्देही र बाँकेका हुन् । 

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५९ पुगेको छ । 

५९ जनामध्ये नेपालमा १६ जना ठिक भएर घर फर्किइसकेका छन् । उपचाररत अन्यको पनि अवस्था सामान्य भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 



 



  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार १४:३४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया