भारतमा दुई साता लकडाउन थपियाे

भारतमा काेराेनाभाइरस राेकथामका लागि दुई साता लकडाउन थपिएकाे छ । 

भारतकाे केन्द्रीय गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै याे जानकारी दिएकाे हाे । 

अब भारतमा नयाँ लकडाउन १७ मेसम्म हुनेछ ।

भारतले यो लकडाउनका लागि नयाँ नियम तथा मापदण्ड पनि ल्याएको छ ।

नयाँ मापदण्डअनुसार अब यो लकडाउनमा यसअघि जस्तै विमान तथा रेल यातायात हुनेछैन । त्यहाँ कुनै पनि सवारी साधन चलाउन दिइने छैन । 

तर, भारतले यसअघि नै ग्रिन जोन र रेड जोन अनि ओरेन्ज जोन भनेर केही ठाउँहरुलाई निश्चित गरेको छ । अब ग्रिन जोनमा चाहिँ आर्थिक गतिविधि हुन दिइने बताइएको छ । 



ओरेन्ज जोनमा पनि केही गतिविधिहरु हुनेछन् । कस्ता आर्थिक गतिविधि ती ठाउँमा गर्न दिने भन्ने चाहिँ त्यहाँको जिल्लाले नै तय गर्ने बताइएको छ । 

तर, रेड जोनमा कुनै पनि गतिविधि हुन पाउने छैनन् ।



ग्रिन जोनमा चाहिँ अब सार्वजनिक बसहरु पनि चल्न सक्नेछन् । तर, त्यसमा यात्रुहरु आधा बसमात्र बस्नु हुनेछ । यसको अर्थ के भने यदि कुनै पनि गाडीको क्षमता ५० जनाको हो भने त्यसमा २५ जनामात्र सवार हुन पाउनेछन् । 

  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार १८:५६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया