जापानमा संकटकाल बढाउने तयारी

जापानका प्रधानमनत्री सिन्जो अबेले देशमा संकटकाल बढाउने संकेत गरेका छन् । कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि त्यहाँ एक महिनाअघि संकटकाल घोषणा गरिएको थियो । 

६ महिनामा सकिने पहिले घोषणा गरिएको संकटकाल के गर्ने भन्नेबारे अबेले सोमबार फैसला गर्नेछन् ।

उनले यस विषयमा विज्ञहरुसँग छलफल गर्ने बताएका छन् । संक्रमणको अवस्था हेरेर यसबारे निर्णय गरिने भनिएको छ । 

जापानमा अहिले १२ करोडभन्दा धेरै मानिस बसोबास गर्छन् । अब त्यहाँ १४ हजार मानिस संक्रमित भएका छन् भने ४ सय ३० जनाको निधन भइसकेको छ ।
 

 





  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार १९:१५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया