कुवेतमा बढे नेपाली कोरोनाभाइरस संक्रमित, ७५ जना पुगे

शुक्रबार थप ११ जना नेपालीमा कोरोनाभाइरस संक्रमण देखिएपछि कुवेतमा कोरोनाभाइरस संक्रमितको संख्या ७५ पुगेको छ । कुवेतमा रहेको नेपाली राजदूतावासका अनुसार यी सबैको कुवेत सरकारले उपचार गरिरहेको छ ।

केहीअघि कुवेतका सुल्तानसँग प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमित नेपाली कामदारका लागि पनि विशेष हेरचाह गरदिन अनुरोध गरेका थिए । 

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीका अनुसार त्यहाँ संक्रमित भएका नेपालीहरुको स्वास्थ्यअवस्था सामान्य रहेको छ । तर, अहिलेसम्म कतिजना निको भइसकेका छन् भन्ने जानकारी दूतावाससँग पनि छैन । कुवेतमा अहिलेसम्म १६ सयभन्दा धेरैले कोरोनाभाइरसलाई पराजित गरेको बताइएको छ ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमणका घटना खासै नबढे पनि विदेशमा कोरोनाभाइरस संक्रमितको संख्या अब झन्डै २ हजारको हाराहारीमा पुगेको छ ।
 

 





  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार २०:१४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया